कारोबार संवाददाता
आइतवार, मंसिर २३, २०७५

नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक पारामाउन्ट मोर्टसले एमजी कारको एक्सचेन्ज अफर ल्याएको छ ।

198
दीननाथ बराल
आइतवार, मंसिर २३, २०७५

आईएमई ग्रुपले अशोक लेल्यान्डको पोखरामा शाखा स्थापना गरेको छ । आईएमई ग्रुपले पोखराका आम उपभोक्ताको मागअनुसार १३ शाखा स्थापना गरिएको कम्पनीका प्रबन्ध निर्देशक हेमराज ढकालले बताए ।

200
कारोबार संवाददाता
शुक्रवार, मंसिर २१, २०७५

सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।

315
कारोबार संवाददाता
शुक्रवार, मंसिर २१, २०७५

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टसबाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ ।

243
कारोबार संवाददाता
शुक्रवार, मंसिर २१, २०७५

नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज (बिहीबार) देखि हुन्डाई एक्सचेन्ज क्रार्यक्रम देशभर सुरु गरेको छ । कम्पनीले मंसिर २० गते बिहीबार बिहानको १० बजेदखि साँझको ६ बजेसम्म हुन्डाई एक्सजेन्ज क्याम्प सञ्चालन गर्न लागेको हो ।

230
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

गण्डकी प्रदेशमा लक्षित गरी हालै पोखरासहितको क्षेत्रमा बिक्री वितरण सुरु गरिएको टम्बो मोवाईलको शनिबार पोखरामा रिटेल मिट आयोजना गरेको छ । गण्डकी क्षेत्रका उक्त मोबाइल विक्रेताहरूलाई शनिबार भेला गराई मोबाइलको बारेमा जानकारी गराइएको शंकराचार्य मोबाइल प्रालि गण्डकी क्षेत्रका सिनियर म्यानेजर सुरेन्द्र खाँडले बताए ।

327
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगष्टा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ । सन् १९४५ मा पहिलो पटक एमभी ब्राण्डेड मोटरसाइकल उत्पादन गरेको उक्त कम्पनीले मोटरसाइकल रेसिङमा धेरै उपलब्धि हासिल गरिसकेको बताएको छ ।

299
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

इटालीको प्रसिद्ध प्रिमियम सुपर मोटरसाइकल निर्माता कम्पनी डुकाटीले २०१९ मोडल प्यानिगेल भीफोर आर भारतमा सार्वजनिक गरेको छ । सो सुपर मोटरसाइकल मूल्यका हिसाबले सामान्य लग्जरी कारभन्दा महँगो रहेको छ । यसको मूल्य ५१ लाख ८७ हजार भारु तोकिएको छ । डुकाटी सुपर मोटरसाइकलमा जडान गरिएको फिचर्स अन्य सुपर मोटरसाइकल भन्दा फरक रहेको कम्पनीले दाबी गरेको छ ।

325
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

मानिसको जस्तै सवारीसाधनको स्वास्थ्यमा पनि समयअनुसारको हेरचाहको जरुरी पर्दछ । मौसम अनुसारको ‘केयर’ गरिएन भने सवारीले आवश्यकता अनुसार ‘पर्फर्मेन्स’ नदिने तथा खराबी आउने सम्भावना ज्यादै हुन्छ ।

279
कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५

प्यासेन्जर भेइकल बजारमा आफ्नो उपस्थिति मजबुत बनाउने क्रममा टाटाले नयाँ कार ल्याएको छ । टाटाले आइतबार नेपाली बजारमा अल न्यू टिगोर सार्वजनिक ग-यो । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा नयाँ टिगोर ल्याएको हो । मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोलबाट चल्ने सेडान कार हो ।

249
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा यामाहाको नयाँ शोरुम सञ्चालनमा आएको छ । जिल्लामा दुईपांग्रे सवारी साधनका ग्राहक बढेसँगै शोरुम सञ्चालनमा ल्याइएको हो ।

283
कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५

भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरी सिप्रदी ट्रेडिङले हालै नेपालमा भिœयाएको नयाँ टाटा टिगोर पोखरामा पनि बिक्री वितरण सुरु भएको छ । पोखरामा सिप्रदीको आधिकारीक विक्रेता दीप मोटर्स प्रालिले उक्त गाडी भिœयाएसँगै बिहीबारदेखि बिक्री वितरण सुरु गरेको प्रालिका राजेन्द्र बाटाजुले बताए ।

342
कारोबार संवाददाता
शुक्रवार, मंसिर १४, २०७५

नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प सञ्चालन गरेको छ । उक्त सर्भिस क्याम्प मंसिर १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्त रूपमा उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

279
रासस
सोमवार, मंसिर १०, २०७५

आर्थिक वर्ष २०७४/७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

648
कारोबार संवाददाता
आइतवार, मंसिर ९, २०७५

एमजी मोटरले अन्तर्राष्ट्रिय बजारमा आफ्नो नयाँ मोडेल इजेएस (इलेक्ट्रिक जेडएस)को लन्च गर्ने पहिलो ब्रिटिस ब्रान्ड बनेको छ । यो इलेक्ट्रिक गाडी ४२८ किमीको यात्रा गर्नका लागि जानिन्छ र तेज चार्जिङको सुविधा पनि छ । एमजी एक प्रसिद्ध ब्रिटिस ब्रान्ड हो, जिसले हालै नक्साल, काठमाडौंमा आफ्नो अधिकृत शोरुम खोलेको छ । नेपाली बाजारमा यसको सुविधा र आरामको सन्दर्भमा निकै लहर चलेको छ ।

454