कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
543

नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लूएम मोटरसाइकल सार्वजनिक गरिएको छ । एसडब्लूएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा ज्ञान ग्रुपअन्तर्गत ज्ञान अर्थमुर्भस प्रालिले उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
सुरुमा एसडब्लूएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भिœयाइएको छ । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।

इन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलका रूपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । इटालियन कम्पनी एसडब्लूएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाइक तथा यसका इन्जिनहरूको डिजाइन एवं उत्पादन÷एसेम्बली लेम्बोर्डिया, इटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो ।
कम्पनीले बजार बिस्तारका लागि हाल बालुवाटार स्थित शोरुम र वर्कसपको अलावा चितवन र पोखरामा शोरुम खोल्दैछ । साथै निकट भविष्यमा बुटवल र धरानमा डिलरमार्फत बिक्री वितरण गर्ने योजना छ ।