कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
727

हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपालमा उपलब्ध गराएको छ । प्रविधिक रूपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरूप पछिल्लो मोटरसाइकलको बिक्री वितरण कम्पनीले भारतमा सुरु गरे लगत्तै नेपालमा ल्याएको छ ।
हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ हो ।

एक्स्ट्रिम २०० आरको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । मोटरसाइकल चलाउँदा रोमाञ्चक हुनुको साथै एक्स्ट्रिम २०० आर चालक तथा यात्रुको सुरक्षालाई महत्व दिएको छ । यसका लागि मोटरसाइकलमा स्तरीय विधि उपलब्ध गराउन एन्टी–लक ब्रेक सिस्टम जडान गरिएको छ ।
ग्राहकहरूले यस मोटरसाइकलमा फिचरहरूको विविधता एवं व्यापकतासहितको समग्र प्याकेजको आकर्षण पाउने छन् । एक्स्ट्रिम २०० आरलाई नयाँ प्रणालीको बीएस–आईभी २०० सीसी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्छ । ८००० आरपीएममा १८.४ पीएसको अधिकतमशक्ति र ६५०० आरपीएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । जसले गर्दा हरेक अवस्थामा प्रचुर शक्ति र टर्क प्रदान गर्ने हुन्छ । यो मोटरसाइकलले ४.६ सेकेण्डमा ०–६० किमि÷घण्टाको दौड गर्न सक्छ र यसको गतिउच्चतम बिन्दु प्रतिघण्टा ११४ किमिसम्म पुग्छ ।