कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
502

यामाहाको दसैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर ३ हस्तान्तरण गरेको छ । विजेता सुवास गिरीले नयाँ बजारस्थित कालीगण्डकी अटोवक्र्सबाट एफजीएस एफआई मोटरसाइकल खरिद गरेका थिए ।
पहिलो साप्ताहिक लकी ड्रका विजेता गिरीलाई कालीगण्डकी अटोवक्र्सका प्रबन्ध निर्देशक प्रेम गैरैले यामाहा आर३ को साँचो हस्तान्तरण गरेका हुन् । यसैबीच, दोस्रो साताको विजेताको नाम पनि घोषणा भइसकेको छ । पहिलो विजेता सुवाष गिरीले छानेको चिट्ठामा महेन्द्रनगरका विजेन्द्र मल्ल दोस्रो विजेताका रुपमा छानिएका हुन् । उनले पनि यामाहाको तर्फबाट यामाहा आर३ जितेका छन् ।
यामाहाको दसैं योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक साता हुने लकी ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर ३ जित्न सक्नेछन् । दसैंकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्र्राइज गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो मोटरसाइकल २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ ।