कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५
303

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगष्टा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ । सन् १९४५ मा पहिलो पटक एमभी ब्राण्डेड मोटरसाइकल उत्पादन गरेको उक्त कम्पनीले मोटरसाइकल रेसिङमा धेरै उपलब्धि हासिल गरिसकेको बताएको छ ।
जोन सर्टिज, माइक हेलऊड र जिकोमो अगोष्टिन जस्ता वल्र्ड च्याम्पियन राइडरहरूले एमभी अगष्टाको नाम अझ उच्च राखेका छन् । भेलोसिटी प्रालिले नेपाली बजारमा एमभी अगष्टाको विभिन्न मोडलहरू भित्र्याएको छ । भेलोसिटीद्वारा काठमाडौंको पानीपोखरीमा खोलेकोे शोरुम मार्फत् ग्राहकले सेवा प्राप्त गर्नेछन् ।
एमभी अगष्टामा सर्वोत्कृष्ट पर्फर्मेन्सका साथै प्रतिष्ठित डिजाइन रहेको छ । यसमा एड्भान्स तथा उच्चस्तरीय कच्चा पदार्थ र इन्जिनीयरिङ टेक्नोलोजी प्रयोग गरिएको छ । एमभी अगष्टाको हरेक मोटरसाइकल अटोमेसन नभई दक्ष व्यक्तिहरूको हातबाट जडान गरिएको छ । एफथ्री ६७५, ब्रुटल ८०० आरआर, ड्रागस्टर आरआर, एफफोर रोसो ९९८ सीसी र एफफोर ब्लानको ९९८ सीसी गरी ५ विभिन्न मोडलहरूमा उपलब्ध एमभी अगष्टाको नेपाली बजारमा मूल्य क्रमशः ४१ लाख ९० हजार, ४३ लाख ९० हजार, ४६ लाख ९० हजार, ५७ लाख ९० हजार, र ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा प्रवेश गरेको एमभी अगष्टाले वर्षौंदेखि चल्दै आएको आफ्नो क्राफ्टम्यानशिप, डिजाइन र एडुभान्स इन्जिनीयरिङको परम्परालाई निरन्तरता दिएको जनाएको छ ।