कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५
1803

जिप कम्पासको सबैभन्दा बलियो पक्ष के हो भने यो ‘जिप’ हो । यो आइकनिक अमेरिकन एसयुभी मेकर ४ बाई ४ को पर्याय जस्तै छ । दोस्रो विश्वयुद्धमा अमेरिका जित्नुको श्रेय जिपलाई नै दिइन्छ । आज पनि जिप अफरोड यात्राका लागि संसारभरि नै विश्वासिलो ब्रान्ड हो । नेपालमा पनि जिप ब्रान्डको गाडीमालिक हुनु ठूलै गौरवको कुरा हो ।

काठमाडौं । नेपाली अटोबजारका लागि जिप कम्पास अपेक्षा गरिएझैं ‘गेम चेन्जर’ सावित भएको छ । नेपालमा बिक्री सुरु भएको तीन महिनामै एक सय थान जिप डेलिभरि भइसकेको छ, जुन जिपका लागि मात्र होइन– नेपाली अटोबजारका लागि नै ‘ऐतिहासिक’ हो । जिपको औपचारिक वितरक लाइफ अटोमोबाइलका अनुसार डिसेम्बरको अन्त्यसम्ममा एक सय पाँच थान जिप कम्पास डेलिभरि भइसकेको छ । जिप कम्पास अघिल्लो नाडा अटो शोमा सार्वजनिक गरिएको थियो ।
कम्पिटिटिभ प्राइस र एसयुभीप्रति बढ्दो रुचीका कारण जिप कम्पासको लोकप्रियता बढिरहेको लाइफ अटोमोबाइलले जनाएको छ । यसबीच, भारतमा पनि यो मोडेल निकै लोकप्रिय रह्यो । उत्पादनको पहिलो वर्ष नै भारतमा ३० हजार थान जिप कम्पास बिक्री भएको थियो भने यो एसयुभी सन् २०१८ मा भारतमा सबैभन्दा बढी पुरस्कारबाट सम्मानित मोडेल पनि हो ।
जिप कम्पासको उत्पादन ६५ प्रतिशत लोकलाइजेसनसहित रञ्जनगाउँस्थित एफसीए प्लान्टबाट हुन्छ । यो प्लान्ट कम्पासको राइट ह्यान्ड ड्राइभ भर्सनको विश्व उत्पादन केन्द्र नै हो । यहाँ उत्पादित कम्पास अस्ट्रेलिया, जापान र बेलायतजस्ता राइट ह्यान्ड ड्राइभ मुलुकमा निर्यात हुन्छ ।
नयाँ ब्रान्ड र बजारमा महिन्द्रा एक्सयुभी ५०० तथा हुन्डाई टुशान जस्ता माहिर खेलाडी रहे पनि जिप कम्पासले नेपाली बजारमा छोटो समयमै सफलता हासिल गरेको छ । विभिन्न कारणले गर्दा जिप कम्पास सेग्मेन्टकै सबैभन्दा तीव्र गतिको वृद्धिदर भएको एसयुभी बन्न सकेको लाइफ अटोमोबाइलको ठहर छ ।

ब्रान्ड भ्यालु
जिप कम्पासको सबैभन्दा बलियो पक्ष के हो भने यो ‘जिप’ हो । यो आइकनिक अमेरिकन एसयुभी मेकर ४ बाई ४ को पर्याय जस्तै छ । दोस्रो विश्वयुद्धमा अमेरिका जित्नुको श्रेय जिपलाई नै दिइन्छ । आज पनि जिप अफरोड यात्राका लागि संसारभरि नै विश्वासिलो ब्रान्ड हो । नेपाली बजारमा पनि जिप ब्रान्डको गाडीमालिक हुनु गौरवको कुरा हो । तुलनात्मक रुपमा कम मूल्य तोकिएका कारण कम्पास उच्च मध्यम वर्गीय मानिसहरुको पहुँचमा पुग्न सकेको हो ।

आकर्षक लुक्स, कठोर बनोट
कम्पास निकै आकर्षक एसयुभी हो । यसमा रेंगलरको कठोरता र चेरोकीको सुन्दरता दुवैको समिश्रण छ । फ्रन्ट फेसमा जिपको आइकनिक सात स्लटको ग्रिल, ह्विल आर्क, प्रोपोसनल सिलहट र आकर्षक रियर लुक्सले यसलाई स्टाइलिस बनाएको छ । अन्य ब्रान्डका एसयुभी कुनै उमेर विशेषका लागि तयार गरिएको भए पनि जिप कम्पासले आफूलाई न्युट्रल लुक्स दिन सफल छ । त्यसैले त यसको लुक्सलाई सबैले प्रशंसा र थोरैले आलोचना गर्छन् ।
जिप कम्पास ६ वटा फरक कलरमा उपलब्ध छन्, मिनिमल ग्रे, एक्जोटिक रेड, भोकल ह्वाइट, ब्रिलियन्ट ब्ल्याक, हाइड्रो ब्लु र म्याग्नेसिया ग्रे । यी कलरहरु निकै आकर्षक छन् ।

सबैभन्दा बढी भेरियन्ट
नेपालमा जिप कम्पासका सबै १० वटै भेरियन्ट उपलब्ध छन् । यसको इन्जिन र ट्रान्समिसनले सबै प्रकारका खरिदकर्ताको आवश्यकतालाई पूर्ति गर्छ । कम्पास १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । दुवै इन्जिन अप्सनमा ६–स्पिडको म्यानुअल ट्रान्समिसन छ । बेस अप्सन स्पोर्टस् हो । त्योभन्दा माथि लंगिच्युड, लिमिटेड र लिमिटेड प्लस छ । कम्पासको हालसम्मकै सबैभन्दा माथिल्लो भेरियन्ट कम्पास ट्रयालहक केही समयमा भारतमा सार्वजनिक हुँदैछ । पेट्रोल इन्जिनमा अटोमेटिक ७–स्पिड डुअल क्लच ट्रान्समिसन पनि रोज्न सकिनेछ । कम्पास डिजेल इन्जिनमा ४बाई४ अप्सनमा पनि उपलब्ध छ ।

पावरफुल इन्जिन र फिचरले भरिपूर्ण
कम्पास सेग्मेन्टकै सबैभन्दा पावरफुल कार हो । यसको डिजेल भर्सनलाई २.० लिटर मल्टिजेट इन्जिन छ जसले १७३ बीएचपी– ३५० एनएन बराबरको अधिकतम पावर निकाल्छ भने १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले १६३ बीएचपी– २५० एनएमपावर उत्पन्न गर्छ । महिन्द्राको अपडेटेड एक्सयुभीमा अझ पावरफुल इन्जिन भए पनि कम वजनका कारण जिप कम्पास टपमै पर्छ । पावरफुल इन्जिनका कारण कम्पास सेग्मेन्टकै तीव्र गतिमा गुड्ने एसयुभी बनेको हो । हाइवेमा मात्र होइन सहरी यात्रामा पनि यसको पर्फमेन्स उच्च कोटीको छ । साथै, यसको टर्क डिस्ट्रिब्युसन सबै आरपीएममा समान रुपमा वितरण हुन्छ जसका कारण कुनै पनि गियरमा चालकले उस्तै शक्तिको महसुस गर्न सक्नेछन् ।
फिचरको मामिलामा पनि कम्पास ‘वेल–लोडेड’ नै छ । यसको टप एन्ड भेरियन्टमा ६ एयरब्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’सहितको फोर ह्विल ड्राइभ सिस्टम जस्ता फिचरको लामो सूची छ जसले ग्राहकलाई तान्नेछ । अझ टप भेरियन्टमा अल ह्विल ड्राइभ समेत रहेको छ । कम्पासमा लेदर सिट, एन्ड्रोइड अटो र एप्पल कारप्ले भएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र पावरफुल स्पिकर सिस्टम समेत रहेको छ ।

सबैलाई मिल्ने मूल्य
नेपालमा जिप कम्पासले लो रेन्जमा हुन्डाई क्रेटा, रेनो डस्टरदेखि हाई रेन्जमा हुन्डाई टुसान, टोयटा रेभफोर, फोर्ड इन्डिभोर, मित्सुबिसी एएसएक्सका ग्राहक समेत आकर्षित गरिरहेको छ । जिप कम्पासको मूल्य यसरी कायम गरिएको छ कि अटो बजारको ठूलो हिस्साले एसयुभी किन्नु भन्दा पहिला जिपलाई पक्कै याद गर्नेछन् । हाल नेपालमा जिप कम्पासको मूल्य न्युनतम ६९,९०,००० रुपैयाँ (स्पोर्टस्) देखि अधिकतम ९८,९०,००० रुपैयाँ (लिमिटड अप्सन ब्ल्याकप्याक) सम्म रहेको छ ।

आरामदायी फिचर र सुरक्षाको व्यवस्था
जिप कम्पासमा ५० भन्दा बढी सुरक्षा प्रविधि जडान गरिएका छन् । भारतमा निर्मित जिप कम्पासले अस्ट्रेलियाको एनसीएपी क्र्यास टेस्टमा ५ स्टार हासिल गरेको थियो । सुरक्षाका लागि यसमा ६ एयर ब्याग, लेन सपोर्ट सिस्टम (एलएसएस) र अटोनमस इमर्जेन्सी ब्रेकिङ (एइबी), इलेक्ट्रिोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन –इबीडी)सहितको एबीएस, इलेक्ट्रिोनिक स्टेबिलिटी कन्ट्रोल (इएससी), ट्रयाक्सन कन्ट्रोल, प्यानिक ब्रेक असिस्ट, हिल स्टार्ट असिस्ट, चारवटै ह्विलमा डिस्क ब्रेक जस्ता सुरक्षा व्यवस्था छन् ।
यसमा अन्य कन्भिनेन्स फिचरहरु पनि छन् जस्तो कि एन्ड्रोइड अटो र एप्पल कारप्लेसहितको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा स्पिकर, ड्युअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, रियर पार्किङ सेन्सर र क्यामेरा, पुस बटन स्टार्ट र लेदर अपहोल्स्ट्री आदि । हो, कम्पासले कम मूल्यमै क्याबिन भित्र प्रिमियमनेसको अनुभव दिन्छ ।