कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५
434

टोयोटा मोटरले गर्दै आएको ड्रिम अ आर्ट सकिएको छ । १३ औं संस्करणको ड्रिम अ आर्ट कन्टेस्ट नेपालका लागि टोयोटा कारको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले आयोजना गरेको हो । टोयोटाले यस्तो प्रतियोगिता विश्वका कारिब ७७ देशमा एकसाथ आयोजना गर्दै आएको छ ।
यो प्रतियोगितामा स्कुलका विद्यार्थीहरूलाई विभिन्न ३ समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइने गरिएको टोयोटाको नेपालको लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । ८ वर्षभन्दा कम उमेर समूह, ८ देखि ११ वर्ष उमेर समूह र १२ देखि १५ वर्ष समूहका विद्यार्थीहरूको प्रतिस्पर्धाबाट हरेक समूहमा ४–४ जना छनोट गरिएको हो । यस वर्ष करिब ९०० चित्रहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।
कम्पनीका अनुसार उत्कृष्ट छनोट भएका १६ चित्र अन्तिम प्रतिस्पर्धाका लागि जापान पठाइनेछ । विगतमा नेपालबाट प्रतिनिधित्व गर्दै दुई पटक प्रतिस्पर्धी विद्यार्थीहरू जापान गइसकेको कम्पनीले जनाएको छ । यसको अन्तिम प्रतिस्पर्धा जापानमा हुनेछ । जापानमा हुने प्रतिस्पर्धाबाट नेपाली चित्र छनोट भए उनीहरू जपान पान पाउने छन् ।