कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
341

नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ्ग च्याम्पेनसिप आयोजना गरेको छ । सडक दुर्घटनालाई कम गर्ने उद्देश्यले होण्डाले रेसिङ्गका लागि उत्साहित राइडरहरुलाई आफ्नो क्षमता देखाउनका निमित्त सुरक्षित मञ्च प्रदान गरेको होण्डाले जनाएको छ ।
अन्तराष्ट्रिय स्र्पोटिङ्ग कोड, नेपाल अटोमोबाइल स्पोर्टस् एशोसियसन, नेपाल मोटरसाइकल फेडेरेसन र एचएनडिसी अन्तर्गत आयोजित च्याम्पियनशिप माटोजीपी र डब्लुएसबीके रेसिङ्ग फम्र्र्याटमा आधारित रहेको थियो ।

उक्त फम्र्याटअन्तर्गत राइडरहरुलाई आफ्नो रेस स्थान अनुसार अङ्क दिइएको थियो । सबैभन्दा बढी अङ्क संकलन गर्ने राइडरले शीर्ष स्थान प्राप्त गरेका थिए । उक्त च्याम्पियनशिप होण्डा सीबीआर २५० आर र होण्डा १४९ –१६५ सीसी (एस आर १५० ली, सीबी हर्नेट १६०आर, एक्स ब्लेड १६० र युनिकर्न १६० गरी २ विभिन्न भागमा विभाजित गरिएको थियो ।
पुस १३ देखि फागुन २५ सम्म आयोजित यस च्याम्पियनशिपमा ३ राउण्ड रहेको थियो । पहिलो राउण्डमा ३७ जना प्रतियोगीहरुको सहभागिता रहेको उक्त च्याम्पियनशिपको दोस्रो राउण्डमा ४१ जना र अन्तिम राउण्डमा २९ जना सहभागीहरुको सहभागिता रहेको थियो भने कुल ३ राउण्डमा ९ सय जनाभन्दा बढीको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
फागुन २४ र २५ गते सम्पन्न फाइनल रेसमा उजेन बटाजुले सीबीआर २५० आरअन्तर्गत फास्टेस्ट ल्याप रेकर्ड राख्न सफल भएका थिए भने १४९–१६५ सीसीअन्तर्गत राजकुमार कार्कीले फास्टेष्ट ल्याप टाइममा रेस पूरा गरेका थिए ।
फाइनल रेसमा उजेन बटाजुले पहिलो स्थान हात पार्न सफल भएका थिए भने रामविक्रम थापाले दोस्रो र विभेस श्रेष्ठले तेस्रो स्थान हात पार्न सफल भएका थिए । तेस्रो रेसबाट ५८ अङ्क संकलन गरी विभेस श्रेष्ठ होण्डा नेपाल ड्रिम कप सिजन–१ को च्याम्पियन बन्न सफल भएका थिए । त्यसैगरी आशिक लामा ३७ अङ्कका साथ उपविजेता बनेका थिए ।
यसका साथै विभेस श्रेष्ठ र आशिक लामाले अगामी होण्डा इण्डिया ड्रिम कपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका कम्पनीले जनाएको छ ।
प्रतिस्पर्धात्मक १४९–१६५ सीसी विधामा राजकुमार कार्कीले पहिलो स्थान प्राप्त गरेका थिए भने सुजय गोपालीले दोस्रो र लक्ष्मण विक्रम थापाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । ५० अङ्कका साथ राजकुमार कार्की १४९–१६५ सीसी विधाअन्तर्गत विजेता घोषित भएका थिए ।
होण्डा नेपाल ड्रिम कप सिजन १ मा सहभागी सबै राइडरहरुले उक्त च्याम्पियनशिप प्रति आफ्नो सकारात्मक विचार प्रदान गर्नुका साथै राइडरहरु प्रति लक्षित यस्तो कार्यक्रम आयोजना गरेकोमा होण्डालाई धन्यवाद दिएका थिए ।