कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
588

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यु यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सिक्का जित्ने मौका पाउनेछन् ।
साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन्, जसमा ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट पाउने जनाएको छ । “नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने आशा हामीले गरेका छौं । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनुहुनेछ । यो डबल बोनान्जा अफर हो,” एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सिइओ चिरञ्जीवी शाहले भने, “हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौं कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो ।”
नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लक्की ड्र गरिनेछ, जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिने कम्पनीले जनाएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको कारणले पर्फर्मेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ । यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने पनि कम्पनीले जनाएको छ ।