कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
809

पछिल्ला केही वर्षमा अटोमोटिभ कम्पनीहरू अस्वभाविक रूपमा उदाएका छन् । त्यो उनीहरूको उत्पादन र बजार विस्तारले निर्धारण गरेको कुरा हो । अमेरिकामा मात्र ३० भन्दा बढी अटोमोबाइल ब्रान्ड छन् । अमेरिकामा त्यति धेरै कार ब्रान्ड हुनुमा त्यहाँ वार्षिक १ करोड ७० लाख भन्दा धेरै कार तथा पिकअप ट्रक बिक्री हुनु हो ।
विश्व्यापी रुपमा सीमित सवारी उत्पादक कम्पनीहरूले कार ब्रान्डलाई आफ्नो स्वामित्वमा राखेका छन् । यसले उनीहरूको ब्रान्ड भ्यालू करोडौं डलर बनाएको छ । ती १४ कम्पनीको स्वामित्वमा रहेका ६० कार ब्रान्ड जुन छन्, ती कार नै विश्वका चर्चित कार ब्रान्डमा छैनन् । बजार हिस्सामा पनि पकड जमाएका छन् ।
यहाँ बनाइएको चार्टमा सबै कार कम्पनी र सबै ब्रान्ड समावेश भने गरिएको छैन । ठूला कम्पनीहरूको दबदबा रहँदा बजारमा आफ्नो वर्गमा राम्रो पकड जनाएका माज्दा, सुबारु, म्याकलरेन तथा विद्युतीय सवारीमा उदियमान टेस्ला जस्ता कम्पनीहरू छुटेको जस्तो देखिन्छ । किनकि यी कम्पनीहरू ज्यादै ठूला कार उत्पादक पनि होइनन् ।
चर्चित रेसिङकार निर्माता कम्पनी फरारी पनि यो सूचीमा समावेश छैन, किनकि एफसीएबाट फरारी अलग्गिएको थियो ।