कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
417

 कोमात्सु हेभी इक्वीपमेन्टको नेपालका लागि आधिकारिक विक्रेता कन्टीलेन्टल ट्रेडिङ इन्टरप्राइजेजले मोटर ग्रेडर जीडी ५३५–५ को बिक्री सुरु गरेको छ । ग्रेडर जीडी ५३५–५ एसएए ६ डी१०७इ–१ इन्जिन छ भने यसको ३७१ मिटर ब्लेडले २ हजार आरपीएम मा १५४ हर्षपावर उत्पन्न गर्छ ।
कम्पनीका अनुसार यो मेसिनसँगै टर्बो चार्जर एअर–टु–एअर आफ्टर–कुल्ड इन्जिन हुने भएकोले उच्च गतिशीलता प्रदान गर्नुका साथै तेल खपत पनि कम हुन्छ । यो मेसिनको कमन रेल इन्जेक्सन सिष्टमले गतिलो थ्रोटल नियन्त्रण गर्छ, जसले उच्च हर्षपावरको साथ उच्च वर्क स्पिड दिन्छ । यसको दुईवटा ‘पि’ र ‘ई’ मोडले इन्जिनको आउटपुटलाई अनुकूलित बनाउँछ र तेल खपत कम गराउँछ । सुपेरियर ट्रान्समिसन अटो मोडको संयोजन सहित (टर्क कन्भर्टर ड्राईभ) र म्यानुअल मोड (डाइरेक्ट ड्राइभ) यो वर्गको अद्वितिय विशेषता हुन्, जसले इन्जिन राखिएको स्थानलाई सुरक्षित गर्दछ ।

कन्टीनेन्टल ग्रुपका अध्यक्ष सुहृद घिमिरे र कोमात्सु इन्डियाका सहअध्यक्ष काजुमा नाकानिशीले संयुक्त रुपमा बिक्री सुरु गरेका थिए । यो मेसिनलाई कोमट्रयाक्स सिष्टममा बनाइएको छ, जसले ग्राहकको इक्वीपमेन्ट व्यवस्थापनमा मद्दत गर्दछ र तेलमा लाग्ने लागतलाई घटाउँछ । कम्पनीका अनुसार कोमट्रयाक्स टर्मिनलले मेसिनको लोकेशन, कामको रेकर्ड, मेशिनको कण्डिशन आदि जानकारी दिन्छ, जुन तार रहित कम्युनिकेशनले काम गर्दछ । ग्राहकहरुले अनलाइन माध्यमबाट पनि कोमट्रयाक्सको डाटा हेर्न सक्छन् ।
नेपालमा २०औं वर्षदेखि ‘कोमात्सु’ हेभी इक्वीपमेन्टको क्षेत्रमा अग्रणी रुपमा उभिएको छ । कोमात्सु प्रडक्टको प्राविधिक सपोर्ट ग्राहकहरुको सेवा पुग्ने गरी डिजाइन गरिएको छ । आफ्ना ग्राहकहरुलाई कसरी मेन्टिनेन्स र सपोर्ट गर्ने भनेर कोमात्सु डिष्ट्रिब्युटरले विभिन्न प्रभावशाली सेवाहरुको अफर गरेको छ ।
कन्टीनेन्टलले कोमात्सु मेसिनहरु यसको प्रिभेन्टीभ मेन्टिनेन्स क्लिनीक, आयल तथा घिसावट विश्लेषण कार्यक्रम तथा टिकाउ र प्रभावशालीको रुपमा प्रसिद्ध छ । देशको विभिन्न भागमा बिक्रीपश्चातको सेवाप्रदायक सेन्टरहरु भएकोले कोमात्सु मेसिनको नेपालमा सबै भन्दा कम डाउन टाइम भएको मानिन्छ । यस सम्पूर्ण कुराहरुले गर्दा कोमात्सु मेसिनको राम्रो रिसेल मूल्य रहेको छ ।