कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
17299

नयाँ दिल्ली-त्यस्तै हाल उत्पादन भइरहेका मोडलहरुमा भने २०१९ को अप्रिलमा अनिवार्य एबीएस बनाउनुपर्ने समयसीमा तोकिएको छ । अब भने एसीएस सिस्टम महँगो मोटरसाइकलमा मात्र सीमित हुनेछैन । मध्यम रेन्जका मोटरसाइकलम पनि अनिवार्य एबीएस विशेषता राखिएका छन् ।

एबीएस के हो र यसले कसरी काम गर्छ ?
एन्टि लक ब्रेकिङ सिस्टम अर्थात् एबीएस सवारी गुडिरहेको बेला ब्रेक लगाउँदा चिप्लने अवस्थाबाट रोक्न सहज होस् भनेर विकास गरिएको प्रणाली हो । एबीएसमा ह्वील स्पिड सेन्सर हुन्छ, जसले सवारी गुडिरहेका बेला ब्रेक लगाउँदा एकभन्दा बढी ह्वील लक हुन दिँदैन । जब ह्वील लक हुन खोज्छ, त्यति बेला हाइड्रोलिक भल्भ सिरिजले ब्रकिङलाई नियन्त्रण गर्ने र सवारीलाई चिम्पनबाट रोक्ने काम गर्छ ।
यहाँ त्यस्ता मोटसाइकल बारे चर्चा गरिएको छ ।
होन्डा सीबी हर्नेट १६० आर
जापानी मोटरसाइकल उत्पादन कम्पनी होन्डाले भारतीय बजारमा होन्डा सीबी हर्नेट १६० आर ल्याएको छ । यो सेगमेन्टमा होन्डाको हर्नेट स्पोर्टि मोटरसाइकल हो । होन्डा हर्नेटमा पनि सिंगल च्यानल एबीएस रहेको छ । हर्नेट मोटरसाइकल निक्कै कम्फर्टेवल रहेको कम्पनीको भनाइ छ । १ सय ६२.७ सीसी इन्जिन क्षमता भएको हर्नेटले १५.७ एचपीको पावर र १४.५ एनएम टर्क दिन्छ । हर्नेटको मूल्य भारतीय बजारमा ९० हजार ७ सय ३४ भारु रहेको छ । हर्नेट नेपाली बजारमा समेत उपलब्ध रहेको छ । होन्डा मोटरसाइकल नेपालमा स्याकार ट्रेडिङ कम्पनीले उपलब्ध गराउँदै आएको छ ।

टीभीएस अपाचे आरटीआर १८०
टीभीएसको अपाचे आरटीआर १८० मा भने डुअल च्यानल एबीएस रहेको छ । डुअल च्यानल एबीएस भएको मोटरसाइकलमा भने अपाचे १८० सबैभन्दा सस्तो मोटरसाइकल हुन आउँछ । यो मोटरसाइकलमा १७७.४ सीसी इन्जिन क्षमता रहेको छ, जसले १६.६२ एचपी पावर र १५.५ एनएम टर्क दिन्छ । अपाचे १८० मा डुअल सक एब्जर्भर समेत रहेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा टीभीएसका मोटरसाइकल ल्याउँदै आएको छ । यो मोटरसाइल नेपालमा पनि एबीएसमै आउने छ ।

सुजुकी जिक्सर
सुजुकी मोटरसाइकलले हालै सिंगल च्यानल एबीएस आफ्नो चर्चित मोटरसाइकल जिक्सरमा राखेको छ । भारतमा एबीएस फिचर भएको सबैभन्दा सस्तो मोटरसाइक सुजुकी जिक्सर बनेको छ । यो मोटरसाइकलमा एबीएस बाहेकका अन्य विशेषता भने थपिएको छैन । १ सय ५५ सीसी एयर कुल्ड सिंगल सिलिन्डिर मोटरसाइकल हो सुजुकी जिक्सर । यो मोटरसाइकलले १४.६ बीपीएच पावर र १४ एनएम टर्क दिन्छ । सुजुकी जिक्सर मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध रहेको छ । भारतमा एबीएस सिस्टममा उत्पादन हुन थालेको यो मोटरसाइकल अब नेपाल आउँदा उक्त विशेषता सहित आउने छ । भारतीय बजारमा भने जिक्सरको मूल्य ८७ हजार २ सय ५० भारु रहेको छ ।