सुजुकीको सोरुम बागलुङमा
कारोबार संवाददाता
बुधवार, असार ६, २०७५
371

पर्वत- सुजुकीका चारपाङ्ग्रे सवारी साधनको धौलागिरिका लागि आधिकारिक सोरुम बागलुङमा सञ्चालनमा आएको छ ।
तेज मोटर्सले बजारमा आफ्नो प्रतिष्ठित ब्रान्ड स्विफ्टको तेस्रो संस्करणको मोडल सार्वजनिक गरेलगत्तै शोरुम सञ्चालन गरिएको हो । यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रिल, एलईडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोयह्विल तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियरसहित एक उत्कृष्ट डिजाइनको साथै १ दशमलव २ लिटर भीभीटी र दुवै पेट्रोल र डिजेलमा अटो गियर सिफ्टजस्ता प्रविधि भएको मोडेल बजारमा आएको हो ।
उच्चस्तरीय प्रविधियुक्त, यात्रुहरूका लागि सहज तथा पैदल यात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, इबिडिसँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टिभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको हो यो ब्रान्ड उपभोक्ताका लागि निकै लाभदायी रहेको तेज मोटर्सका निर्देशक देवेन्द्र पौडेलले जानकारी दिए ।
सुजुकीको अभिनव पाँचांै संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेसन पर्फोमेन्ससहित बजारमा ल्याइएको उनले बताउए । स्विफ्टको यस नयाँ मोडेल प्रस्तुत गर्दै तेज मोटर्सका कार्यकारी निर्देशक पौडेलले यस नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फोमेन्सका लागि रुचाइएको बताए ।
सन् २००५ मा यसको सुरुवातसँगै स्विफ्ट राष्ट्रकै पहिलो रोजाइको सवारी बन्न पुगेको उनले बताए । मजबुति, उत्कृष्ट पर्र्फरमेन्स् तथा आधुनिक सुरक्षा प्रविधियुक्त यस नयाँ प्रस्तुति सुजुकीको अभिनव पाँचौं संस्करण हर्टेक्ट प्लयाटफर्ममा निर्मित छ ।
नयाँ सुविधायुक्त भएकाले उपभोक्ताहरूका भावनालाई बुझेर उहाँहरूको अपेक्षा अनुसारको सवारी प्रदान गर्न सफल रहने विश्वास लिएको निर्देशक पौडेलले बताए । उपभोक्ताहरूले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युल इफिसेन्सीको प्रशंसा गर्नेछन् पौडेलले भने, “यस मोडेलले पेट्रोलमा २२.० किलोमिटर प्रतिलिटर लिटर प्रदान गर्नेछ ।” २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमि लामो ह्विल बेस छ । यस सवारीको प्रारम्भिक अफरसहित मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।