कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
889

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यवसायिक अभियान सुरु गरेको छ । यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित छ । यस अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले निःशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुविधा पाउनेछन् ।
यस अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी युवाहरुको वैदेशिक रोजगारीका लागि विदेसिनु पर्ने बाध्यतालाई कम गर्नेछ भन्ने कम्पनीको विश्वास छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले यो अभियानले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने बताए । समाजका लागि यस्तो रोजगारीमूलक अभियानको सुरुवात गरेकोमा गर्व महसुस गरेको उनको भनाइ छ । नेपाली युवालाई टाटा सुमो अपनाएर आफ्नो रोजगारी आफैं सृजना गर्न समेत उनले आह्वान गरे ।

सिप्रदी अटोमोटिभ र सम्बन्धित व्यवसायमा काम गर्ने नेपालको सबैभन्दा ठूला र सम्मानित ब्राण्डहरु मध्ये एक हो । ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोबार ३५ करोड अमेरिकी डलर भन्दा बढी छ र यसको कारोबार तिव्र गतिमा बढ्दै गएको छ । सिप्रदी अटोमोबाइल, ऊर्जा, लुब्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ ।
यसका ७ सय ५० जना कर्मचारी छन् । उनीहरु उत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्देश्यका साथ काम गरिरहेका छन् । जसले सिप्रदीको ब्राण्ड भ्यालु बढेको छ । सिप्रदी ट्रेडिङ सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सबैभन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरु रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्सियल गाडीमा समर्पित १९ बिक्री कार्यालय र २५ सेवा केन्द्रहरु रहेका छन् ।