कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
311

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ३८ औं र ३९ औं शाखाको रूपमा क्रमशः काठमाडौंको बौद्ध र कलंकीमा शाखा खोलेको छ । नयाँ शाखाहरूको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र कम्पनीका अध्यक्ष मनोहर दास मूलले उद्घाटन गरे ।
कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत विमोचन गरियो । उक्त एप्सको सहायताले ग्राहकहरूले मोबाइलबाट नै फेयर अन्डरराइटिङ, स्मार्ट क्लेम सर्भिसको सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरूका बारेमा जानकारी लिन सकिनेछ । हालै मात्र संयुक्त अधिराज्यमा रहेको अन्डर रजिष्ट्रार अफ सिस्टमबाट गरिएको विस्तृत लेखापरीक्षणपश्चात् यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईएसओ प्रदान गरिएको छ ।