कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५
415

 भक्तपुरको लोकन्थलीस्थित दिव्येश्वरी बचत तथा ऋण सहकारी संस्थाले शनिबार ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मौनालीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका अध्यक्ष हरिलाल कुटुले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
आव २०७४/०७५ मा संस्थाको चुक्ता पुँजी २ करोड २२ लाख ३९ हजार रुपैयाँ पुगेको छ । संस्थाले १७०४ सेयर सदस्यबाट बचततर्फ १८ करोड ८७ लाख ९० हजार रुपैयाँ संकलन गरी ऋण प्रवाहतर्फ १५ करोड ३६ लाख ५६ हजार ६ सय १४ रुपैयाँ परिचालन गरेको छ । संस्थाले ३७ लाख २१ हजार ९ सय ३७ रुपैयाँ खुदनाफा गरेको छ । संस्थाको जगेडा कोषमा ७८ लाख ९५ हजार ७ सय ८६ रुपैयाँ जम्मा भएको छ । संस्थाले साधारणसभामा उपस्थिति भएका सदस्यहरूलाई विभिन्न जातका बिरुवाहरू वितरण गरेको थियो ।