कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५
649

 एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री सुरु गरेको जनाएको छ । बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलरलगायत विदेशी मुद्राको नगद सञ्चित यथेष्ठ छ र प्रचलित विनिमय दरबमोजिम ग्राहकहरूको आवश्यकताअनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको जानकारी गराउँदै बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने हुँदा त्यस्ता मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको बताएको छ ।
अध्ययन तथा भ्रमणलगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर आउन भन्दै बेकले यसरी प्रक्रिया पु¥याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्ने जानकारी गराएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन मुद्रालगायत अन्य विदेशी मुद्राहरू उपलब्ध भएकाले बताएको छ ।