कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
321

कन्काई विकास बैंकले सोमबार एक कार्यक्रमकाबीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापा जिल्ला, दमकस्थित पृथ्वी माध्यमिक विद्यालय, दमक–७ लाई सहयोग स्वरूप १ लाख २० हजारको चेक हस्तान्तरण गरेको छ । विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले उक्त चेक दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीमार्फत विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर राईलाई हस्तान्तरण गरेका थिए ।