कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
317

सिटिजन्स बैंक इन्टरनेसनल र क्लिनिक वन, जावलाखेलबीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुविक्रम राणाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यस सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरूले क्लिनिक वन प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब ३ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।