कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
149

ग्लोबल आईएमई बैंक र पोखरा महानगरपालिका–२६, बुढीबजार, कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटलबीचमा बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरू ल्याइरहेको छ ।