कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
394

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरि आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ ।
बिर्तामोड शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी र धरान शाखाको उद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष राजेन्द्र शाहले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथिहरूले बैंकको प्रगतिको कामना गरे । शाखा कार्यालयहरूको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधिहरू, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरूको उपस्थिति थियो ।