कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
288

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ७९ र ८० औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले आइतबारदेखि नवलपरासी जिल्लाको बुलिङटारमा बैंकका सञ्चालक दीपक कार्कीद्वारा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ । त्यसैगरी सोमबारबाट सल्यान जिल्लाको रामपुर, कालिमाटीमा बैंकका सञ्चालक मुकुन्द नाथ ढुंगेलद्वारा एक समारोहबीच नयाँ शाखाको शुभारम्भ भएको थियो । बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यी शाखाहरूबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।