कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
514

एनएमबी बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ, जसअन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबी बैंकको कर्जासम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन् । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबी भिसा क्रेडिट कार्डमा पनि उपलब्ध छ । इच्छुक महानुभावले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदि ) सम्बन्धी विभिन्न सुविधा जस्तै ब्याजदर र कर्जाको अवधिका बारेमा बजारमा उपलब्ध कर्जा सुविधासँग तुलना गर्न सक्नेछन् । सम्झौतामा एनएमबी बैंकका तर्फबाट गोविन्द घिमिरे, चिफ बिजने अफिसर र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटल प्रालिले हस्ताक्षर गरेका थिए । कर्जा बजारसँगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाइ छ ।