कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५
443

नेपाल बैंक लिमिटेड्ले नवकिरण अनाथ असाहाय बाल उत्थान समाज धापाखेल ललितपुरलाई ३ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । उक्त राशिको चेक नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले नवकिरण बाल उत्थान समाजका संस्थापक अध्यक्ष तथा संरक्षक साईमाता सावित्री देवी पोखरेललाई समाजको धापाखेलस्थित परिसरमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तर गरे । बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत बडादसैं ०७५ को अवसर पारी अनाथ समाजद्वारा आयोजित शुभकामना आदान–प्रदान, चेक हस्तानान्तर तथा विविध आध्यात्मिक कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य दिए ।
सो अवसरमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले धर्मको मर्म प्रेममा र प्रेमको प्रतिविम्ब दुर्वल अशक्तको सेवामा भेटिने परिप्रेक्ष्यमा दर्जनांै अनाथ बालबालिकालाई सहयोग गरिरहेको प्रेमको पावन मन्दिर यस बाल उत्थान समाजलाई यो सानो राशि सहयोग गर्न पाएकोमा नेपाल बैंक लिमिटेड गौरवान्वित भएको बताए। सो अवसरमा वाल उत्थान समाजका संरक्षक साइमाता सावित्री पोखरेलले बैंकहरूले स–साना बचत स्वीकारेर ठूलो निक्षेप सिर्जना गरेजस्तै व्यक्ति तथा संस्थाहरूले पनि अनाथ असहायलाई सहयोग गर्ने कार्यमा ससानो सहयोग बढाई त्यसबाट मानव कल्याणकारी पुण्य खातामा वास्तविक तथा अक्षय निक्षेप बढाउन सक्ने बताउँदै यस पावन कार्यमा सहभागिता निम्ति नेपाल बैंक लिमिटेड परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।