कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५
704

 नेपाल इन्भेस्टमेन्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटीएम सेवा सुरु गरेको छ । काठमाडौंको सीतापाइलास्थित बाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडि, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरिएको हो । स्थानीय जनतालाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले एटीएम सेवा विस्तार गरिएको हो । यीसँगै नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएम संख्या १०७ पुगेको जनाएको छ ।