कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५
725

सिटिजन्स बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका तर्फबाट बैंकका डेपुटी सिईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले शुक्रबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरूले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्ने जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको पनि जनाएको छ ।
बैंकले हामी प्रविधिको प्रयोग गरेर मानिसहरूका विभिन्न बैंकिङ तथा वित्तीय समस्याहरू समाधान गर्न खोजिराखेका छौं, जसको माध्यमबाट ग्राहकहरूले मोबाइलबाटै सबै किसिमका सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ । यो सहकार्य पश्चात हाम्रा ग्राहकहरूले खल्ती प्रयोग गरेर सहजतापूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । साथै खल्ती वालेटसँग यसरी सहकार्य गरी हाम्रा ग्राहकहरू माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा हामीअत्यन्तै उत्साहित भएका छौं भन्ने जनाएको छ ।