कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
331

 काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आईएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेस्टुराँ तथा बारबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त रेस्टुराँमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १०प्रतिशत विशेष पाउने जनाएको छ । समय रेस्टुराँ तथा बारका सबै आउटलेटमा यो सम्झौता लागू हुनेछ । यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आईएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आईएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र समय रेस्टुराँ तथा बारको तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।