कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
371

ललितपुरमा अवस्थित नेपाल मेडीसिटी अस्पतालमा बिहीबार अजड इन्स्योरेन्स लिमिटेड्सँग विशेष सम्झौता कार्यक्रम सम्पन्न भएको छ । सम्झौताअनुसार कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् ।
क्यासलेस अर्थात नगदरहित सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् । इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।
स्वास्थ्य बिमाका माध्ययमबाट नागरिकहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा प्राप्त हुने र स्वास्थ्य सबैको पहुँचमा पुग्ने भएकाले स्वास्थ्य बिमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताएका छन् । त्यस्तै, अजड इन्स्योरेन्सले स्वास्थ्य बिमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थ्य बिमाबारे सचेतना वृद्धि गर्दै जाने उद्देश्य राखेकोमा अस्पतालसँगको सहकार्य फलदायी रहने खत्रीले बताए ।