कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
435

एनआईसी एसिया बैंक लिमिटेडले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको क्रममा आउँदै गरेको शुभ–दीपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्यूआर कोड माध्यमबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ ।
ग्राहक महानुभावहरूलाई ‘नछुटोस् छुट पाउने मौका’ भन्ने योजनामा सहभागी भई सामान खरिद गरिसके पछि भुक्तानी गर्दा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा क्यूआर कोड भुक्तानी गरी ५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीर नाथ पाण्डेले अनुरोध गरेका छन् ।