कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
328

 सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डूबीच निर्जीवन बिमा सेवा प्रधान गर्ने सम्बन्धमा बैंकास्युरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामार्फत यस कम्पनीले आफ्नो थप सेवाहरू उक्त बैंककोे विभिन्न शाखामार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवामार्फत ग्राहकहरूको चाहनाअनुरूप निर्जीवन बिमा पुराउन थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षभित्र ३० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता १ अर्ब रुपैयाँ पुराउने लक्ष्य राखेको छ ।