कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
358

 पोखरा कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारणसभा कात्तिक १८ मा सम्पन्न गरेको छ । सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आव २०७५/०७६ को लागि लेखापरीक्षकको नियुक्ति, आव २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
विशेष प्रस्तावअन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संशोधन, जारी पुँजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको सेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ । सभाले प्रस्तावित जारी पुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको ३२.५ प्रतिशतले हुन आउने २ करोड ६९लाख ६३ हजार रुपैयाँ बरबरको २,६९,६३० कित्ता साधारण सेयर सर्वसधारणलाई जारी गर्न सर्वसम्मतिले पारित गरेको बताइएको छ ।