कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
194

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शुक्रबार सत्रौं वार्षिक साधारण सभा गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भई आव ०७४/७५ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश प्रदान हुने गरी पारित गरिएको छ । सञ्चालक पदमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक सेयरधनी तर्फबाट तथा डा.रेश्मा श्रेष्ठ, राजेश मानन्धर सर्वसाधारण तर्फबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
संस्थाको चुक्ता पु“जी ८० करोड रुपैया“ रहेकोमा २०७५ असोज मसान्तसम्ममा निक्षेप ३ अर्ब १६ करोड तथा कर्जा २ अर्ब ७३ करोड रुपैया“ तथा सञ्चालन मुनाफा १ करोड ८२ लाख कमाउन सफल भएको संस्थाबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यस संस्थाको प्रधान कार्यालय हरिहर भवन ललितपुर, चुच्चेपाटी चाबहिल, कान्तिराज पथ हेटौंडा, आदर्श नगर वीरगन्ज, चारआली चोक बिर्तामोड, कलैया बजार बारा, थानारोड दमक, मेनरोड जितपुर, कदम चोक जनकपुर, सहिद चोक नारायणगढ गरी हालसम्म १० वटा शाखा कार्यालय रहेकोमा थप २ शाखा कार्यालय बुटवल, रुपन्देही र भैरहवा, रुपन्देहीमा खोल्ने तयारी हु“दैछ ।