कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
291

काठमाडौं- नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा शुक्रबारबाट कारोबार सुरु गर्ने गरी मञ्जुश्री फाइनान्सलाई उक्त प्रणालीमा आबद्ध गराएको छ । बैंकका ग्राहकहरूले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट अनलाइनमार्फत प्रतिकारोबार १ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् भने मोबाइल एप्समार्फत प्रतिकारोबार ५ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्नेछन् । यस प्रणालीमार्फत बैंकका ग्राहकहरूले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरू भुक्तानी गर्न सक्ने व्यवस्था छन् ।
उक्त प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाइल वालेटको फन्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था छन् । यस्ता सबै कारोबारहरू अनलाइनमार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुने कक्पनीले जनाएको छ ।