अमृता राई
मंगलबार, कार्तिक २०, २०७५
351

काठमाडौं-सहयोगी विकास बैंक लिमिटेडले आफ्नो नाफालाई उल्लेख्य रूपमा वृद्धि गर्न सफल भएको छ । बैंकले चालू आवको पहिलो त्रैमासमा ३ सय प्रतिशतले नाफा वृद्धि गरी ३ जिल्लाका कार्यरत बैंकमध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकको घाटा १ करोड १ लाख ८६ हजार रुपैयाँ थियो । बैंकले यस बर्षको पहिलो त्रैमासमा २ करोड २ लाख ६१ हजार १२० रुपैयाँ नाफा गर्दै आफ्नो नाफालाई लक्षय भन्दा बढी बढाउन सफल भएको बैंकले जनाएको छ । त्यसैगरी बैंकले खुद नाफालाई २२७ प्रतिशतले वृद्धि गरेको छ । यस अवधिमा बैंकको खुद नाफा १ करोड २८ लाख ७९ हजार ४४० रुपैयाँ छ । अघिल्लो आबको सोही अवधिमा बैंकको खुद घाटा १ करोड १ लाख ८६ हजार ४ सय ४० रुपैयाँ थियो ।
बैंकले यो तथ्यांकसँगै अन्य तथ्यांकहरूलाई समेत उत्साहजनक रूपमा सुधार गरेको छ । निष्क्रिय कर्जा १.२३ प्रतिशतमा झारेको छ । गत बर्ष बैंकको निष्क्रिय कर्जा २.५४ प्रतिशत थियो भने खुद नाफा कुल आम्दानी प्रतिशत ९.३२ छ । त्यस्तै प्रतिसेयर आम्दानी १०.१२ रहेको, बैंकको प्रतिसेयर नेटवर्थ १४६.४३, मूल्य आम्दानी अनुपात २१.५४ प्रतिसेयर, कुल सम्पत्तिको १,०००.९८ रुपैयाँ छ । त्यस्तै बैंकको तरलता अनुपात प्रतिसेयर ३७.७९ छ । सीसीडी रेसियो ६८ प्रतिशत जनाएको छ ।