कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
209

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बुधबार तनहुँ जिल्ला, व्यास नगरपालिका–३, सफासडकस्थित दमौली शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले दीप प्रज्वलनका साथ गरेका थिए ।
उक्त अवसरमा विशेष अतिथिका रूपमा स्थानीय विकास अधिकारी भरतकुमार शर्मा रहको थिए भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक शिद्घविक्रम शाह, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठलगायतको उपस्थिति थियो । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैंकिङ सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।