कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
258

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय वृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढी कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित बिजनेस मिट–२०७५ चितवनको सौराहमा सम्पन्न भएको छ । सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप, कर्जा, ई–बैंकिङ, गैर कोषमा आधारित व्यवसाय वृद्धिका लागि व्यापक रूपमा छलफल भई रणनीति तय गरिएको थियो भन्दै बैकले कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसञ्जाल ठूलो भएको हुँदा रावा बैंकले नै मार्केटलाई डो¥याउनुपर्ने दायित्व रहेकाले व्यवसाय वृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिएको जनाएको छ ।