कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५
406

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं जिल्ला, टोखा नगरपालिका–८ स्थित जलपा पुस्तकालयका लागि बालसाहित्य तथा बालकथामा आधरित विभिन्न पुस्तकहरू हस्तान्तरण गरेको छ । उक्त पुस्तकहरू संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नरबहादुर विसीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । स्थानीय बाल बालिकाहरूका लागि ज्ञानबद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु-याउनका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त पुस्तकहरू हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।