कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५
450

माछापुछ्रे बैंकले उच्चशिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा सुरु गरेको छ । बैंकले एकद्वार प्रणालीमार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाइन भुक्तानी सेवासम्बन्धित परामर्श तथा सेवाहरु सहज रूपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमाल्याएको हो । उक्त हबबाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने जनाएको छ । बैंकको काठमाडौंस्थित पुतलीसडक शाखाबाट उक्त सेवा ग्राहकहरुलाई प्रदान गरिने जनाउँदै अब उच्चशिक्षा अध्ययनका लागि विदेश जानचाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जासम्बन्धी सम्पूर्ण जानकारी प्राप्तगर्न सक्नेछन् साथै कर्जाका लागि आवेदनसमेत दिन सक्ने जनाएको छ ।