कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
285

सन्राइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर नपा–२ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मिटरको दूरीमा स्थान्तरण गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवलगायत स्थानीयवासीहरूको उपस्थिति थियो ।