कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
251

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच पु-याउने उद्देश्यसहित विभिन्न स्थानहरूमा आफ्नो शाखा कार्यालयहरू विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् । शाखा कार्यालयहरूको उद्घाटनपश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरू र ६ वटा एक्स्टेन्सन काउन्टरहरू र उपत्यका बाहिर ९७ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरहरू साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।