कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
301

जीवन बिमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले बिहीबार एसियन लाइफ इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच ‘जीवन बिमा सेवा’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन् ।
गण्डकी विकास बैंकको ७७ वटा शाखाहरूबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बिमा योजना गरी २० वटा जीवन बिमा योजनाहरू खरिद गर्न सकिने बैंकले जनाएको छ । साथै एसियन लाइफ इन्स्योरेन्स कम्पनीले देशैभर रहेका आफ्नो १ सय १४ वटा कार्यालयबाट जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गरिरहेको एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले बताए ।