कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
366

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहँुच पु¥याउने उद्देश्यसहित विभिन्न स्थानहरूमा आफ्नो शाखा कार्यालयहरू विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा तथा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका थिए ।
उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।