कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
425

सिद्घार्थ बैंकले सोमबार कीर्तिपुर र चाबहिलस्थित दुई शाखाहरूको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काबाट र चाबहिल शाखाको उद्घाटन चाबहिल वडा नं७ का वडा अध्यक्ष शुद्धकुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाबाट संयुक्त रूपमा भएको बैंकले जनाएको छ ।