कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
377

हिमालयन बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि बैंकले लक्ष्मी क्यापिटल लिमिटेडलाई ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणा तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।
बैंकले ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सात वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।