कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५
372

सिद्धार्थ बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सपना देवकोटा खरेलले हस्ताक्षर गरे ।
बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरूमा, महालक्ष्मी लाइफ इन्स्योरेन्समा बिमा गर्ने ग्राहकवर्गहरूलाई आवश्यक बिमासम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुने बताए । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १ सय ४६ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा, १ सय ५६ एटीएम र १ हजार २ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैंैकिङ सेवा प्रदान गर्दै आएको छ ।