कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
584

सिभिल बैंकले सर्वाधिक ब्याज पाइने बचत खाता योजना ‘चन्द्रसूर्य बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात १० हजार रहेको यस बचत खातामा ग्राहकहरूका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छुट तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु÷अपांगताको निःशुल्क बिमा हुनुका साथै ग्राहकहरूलाई ग्राहकहरूकै घरदैलोमा गई सेवा प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
त्यसैगरी आफ्ना ग्राहकहरूलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात ३ लाख रुपैयाँ रहेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।