कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
414

निजी क्षेत्रका बैंकहरूमध्ये ०७४ साल चैत मसान्तसम्मको वित्तीय विवरण बमोजिम सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसाबले निजी क्षेत्रको बैंकहरूमध्ये दोस्रो ठूलो बैंकको रूपमा स्थापित भइसकेको एनआईसी एसिया बैंकले सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दती निक्षेप योजनामा मासिक रूपमा ब्याज भुक्तानीको सुविधासहित वार्षिक १२ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।
यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको धनवर्षा मुद्दती निक्षेप योजनाग्राहक माझ अत्यन्त लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजना प्रति ग्राहकहरूकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएको भन्दै बैकले यस पटक समेत धनवर्षा मुद्दती योजनाबाट बढीभन्दा बढी व्यक्तिगत एवं संस्थागत ग्राहकले लाभ उठाउने विश्वास लिएको छ । यस योजनाअन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिनेछ ।