कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
466

 माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमबारदेखि सुुमन शर्माले पदभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एसबीआई बैंकबाट बैंकिङ सुरु गरेका थिए । सोपश्चात् शर्माले एनएमबी बैंक र  माछापुच्छ्रे बैंक हुदै नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।
माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झन्डै ३ वर्ष नायव प्रमुखकार्यकारी अधिकृतका रूपमा कार्य गरेका थिए । बैंकिङ क्षेत्रका विभिन्न विषयहरूमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभूषण (२०५४), महेन्द्र विद्याभूषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट पनि सम्मानित भएका छन् ।