सेञ्चुरीको मुद्दती खातामा १२.५% सम्म ब्याजदर
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
774

सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरूलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरी दुई नयाँ योजना ल्याएको जनाएको छ ।