गण्डकी विकास बैंकको अध्यक्षमा गौचन
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
246

 गण्डकी विकास बैंकको शुक्रबार बसेको १० औं वार्षिक साधारणसभाले संस्थापकतर्फ सुशील गौचन, पद्यप्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारणतर्फ नारायणबहादुर बानियाँ, कृष्णबहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठीसमेत ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ । उक्त निर्वाचनपश्चात् बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले सञ्चालक समितिको अध्यक्ष पदमा सुशील गौचनलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।
१० औ वार्षिक साधारणसभाले १९.३१०६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी कुल २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने पुँजीको हिसाबले गण्डकी विकास बैंक सबैभन्दा बढी चुक्ता पुँजी भएको अग्रणी विकास भएको छ । बैंकले आव ०७४÷७५ को तेस्रो त्रैमाससम्ममा निक्षेप २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पु¥याएको छ ।